Event

लेख रचना बारे

मिति: २०७४/०१/१३

विषय: लेख, रचना बारे।

महोदय,

यस केन्द्रले त्रि. वि. को बार्षिक दिवस पारेर बिगतको समयमा झैं यस बर्ष पनि देहायका बिषयबस्तुमा केन्द्रित हुने गरी नेपाली भाषामा प्रकाशित हुने विकासको निम्ति शिक्षा नामक शैक्षिक जर्नल प्रकाशन गर्दैछ। उक्त जर्नलका लागि चिन्तनपरक, विश्‍लेषणात्मक तथा अनुसन्धानात्मक लेख र रचना पठाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु।

लेख रचना ३००० शब्दमा नघट्ने गरी तयार गर्न पनि आग्रह गर्दछु। लेख रचना पठाउँदा Soft copy मा सेरिडको ईमेल ठेगाना info@cerid.org मा ईमेल गरिदिन हुन पनि अनुरोध छ।

जर्नलको विषयबस्तु

·         शैक्षिक नीति

·         संघीय संरचनामा शैक्षिक शासन

·         संघीय संरचनामा शिक्षाको वित्तिय प्रबन्ध

·         विद्यार्थी मूल्यांकन र स्तरीकरण

·         प्राविधिक तथा ब्याबसायिक शिक्षा

·         अनौपचारिक शिक्षा

·         शिक्षामा लैङ्गिक सवाल

·         सीमान्तीकृत समुदायका लागि शिक्षा

·         शैक्षिक सुधारका प्रयत्‍नहरुको समीक्षा

·         उच्च शिक्षामा गुणस्तर

उक्त विषयवस्तु वाहेक शिक्षा सम्बन्धी अन्य समसामयिक समस्याहरुमा पनि लेख रचना पठाउन सकिने छ। लेख रचना स्तरिय हुनु पर्ने छ। लेख रचना २०७४ जेठ १० गते भित्र आइपुग्नु पर्नेछ। लेख रचना प्रकाशन गर्ने नगर्ने अधिकार सेरिडमा निहित छ।

 

सहयोगका लागि धन्यबाद!

प्रा. डा. जीवनाथ धिताल
कार्यकारी निर्देशक

 

UPCOMING EVENTS

RECENT ACTIVITIES

CERID ACTIVITIES

CERID Newsletter 2014

CERID Newsletter 2014...
Read more


Major Activities Highlights 2010/11

Within the no-cost extension of Formative Research Project (FRP) 2004-2009, following major activities were undertaken ...
Read more


Major Research Projects Formative Research Project (FRP), Undertaken by CERID for Education for All (2004-2009) for the Ministry of Education

...
Read more


Researches undertaken with the support of UNICEF and UNESCO

With the support of UNICEF Nepal Content and Age Validation for Early Learning and Development Standards With the ...
Read more